FAQs Complain Problems

समाचार

“मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालीम” सम्पन्न सम्बन्धमा

सिदिङ्वा गाउँपालिका न्यायिक समितिको आयोजना, सिदिङ्वा गाउँकार्यपालिका ताप्लेजुङको आर्थिक सहयोग र मानव अधिकार मञ्च नेपाल ईलामको सहजीकरणमा मिति २०७५ फागुन ८ गतेदेखि १५ गतेसम्म आयोजित (४८ घण्टाको) “मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालीम” माननीय जिल्ला न्यायाधीश कृपासुर कार्की ज्यूको प्रमुख अतिथि साथै मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता शिखरनाथ सापकोटा, सिदिङवा गाउँपालिका न्यायिक समिति संयोजक जीवनकुमार ताम्लिङ, सिदिङवा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया ज्यूको उपस्तथिमा भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको छ।

आर्थिक वर्ष:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-

  • निवेदन (वडा कार्यालयमा पाइने)
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • 2 वटा पासपोर्ट साईजको फोटो
  • विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि