साब्लाखु स्वास्थ्य चौकीमा २ दिने निःशुल्क स्वास्थ्थ शिविर सम्पन्न ।

मिति २०७५/०३/०७ र ८ गते सिदिङ्वा गाउँपालिका साब्लाखु स्वास्थ्य चौकीमा आङ खस्ने समस्या, गर्भवती महिलालाई भिडियो एक्सरे, पुरुष बन्ध्याकरण, महिलाहरुको लामो गर्भान्तर, ICUD र Implant तथा आँखा परिक्षण सम्वन्धी २ दिने निःशुल्क स्वास्थ्थ शिविर सिदिङ्वा गापा स्वास्थ्य शाखा, जिल्ला स्वास्थ्य कार्यलय ताप्लेजुङ्ग, साब्लाखु स्वास्थ्य चौकी को संयुक्त आयोजनामा सम्पन्न ।

आर्थिक वर्ष:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-

  • निवेदन (वडा कार्यालयमा पाइने)
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • 2 वटा पासपोर्ट साईजको फोटो
  • विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि